www.tandavnews.com
Fact ~ In search of truth

अझै एक हजार ५०० विद्यालय भवन पुनः निर्माण बाँकी

काठमाडौं ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)काभ्रेपलाञ्चाकले सामुदायिक विद्यालयको भवन निर्माण सम्पन्न भएका काभ्रेका १७६ विद्यालयलाई ‘सम्पन्न प्रमाणपत्र’ वितरण गरेको छ ।

‘चौथो राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना दिवस २०७६’ को अवसरमा आयोजित कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिमार्फत प्रमाणपत्र वितरण गरेको हो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक चुडामणि पौडेलले विद्यालयका भवन भूकम्प प्रतिरोधी रहेका जानकारी दिए ।

Batas

भूकम्प प्रभावित जिल्लामा जम्मा सात हजार ५०० विद्यालय भवन निर्माण हुनुपर्नेमा पाँच हजार ५०० बनेका , एक हजार ५०० निर्माणको चरणमा रहेको तथा अगामी एक वर्षभित्रमा सम्पन्न हुने कार्यक्रममा जानकारी दिइयो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.