www.tandavnews.com
Fact ~ In search of truth

‘प्रदेश १ को नामाकरण आगामी अधिवेशनबाटःराज्यमन्त्री गजमेर

झापा ।

प्रदेश नम्वर १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले प्रदेशको नामाकरण सहमतिबाटै आगामी अधिवेशनले टुङ्ग्याउने बताएका छन् । संघीयता कार्यान्वयनमा देखिएका जटिलता र झापामा भइरहेका विभिन्न सवालका सन्दर्भमा आज झापाको बिर्तामोडमा भएको छलफलमा उनले प्रदेशको नामकरण सम्वाद र सहमतिबाटै टुंङ्गो लाग्ने दावी गरे ।

समानता र सामाजिक न्यायको पक्षमा आफू सदैब अग्रसर भएर काम गर्ने उनले प्रतिवद्धतासमेत जनाए । छलफलमा विभिन्न राजनीतिक दलका युवा नेता तथा नेतृले राखेको धारणा र दिएको सुझावप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै राज्यमन्त्री गजमेरले सरकारका तर्फबाट खेल्ने भूमिकालाई प्रभावकरी बनाउने बताए ।

Batas

राज्यमन्त्री गजमेरको सम्मानसहित छलफल कार्यक्रमको आयोजना सम्वाद समूह झापाले गरेको थियो । सम्मान ग्रहणपछि राज्यमन्त्री गजमेरले आफु यो ठाउँमा पुग्नुमा सम्वाद समूहको पनि ठूलो भूमिका रहेको र संवादबाट धेरै सिकेको बताउँदै त्यो सीपलाई प्रदेशसभा र मन्त्रालयको कार्यसम्पादनमा प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले आफूपदमा रहँदा पदिय दुरुपयोग नगर्ने, प्रलोभनमा नपर्ने र कुनैपनि किसिमको भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाए । छलफल तथा सम्मान कार्यक्रममा युवा नेता तथा महिला नेतृ सीपी कडरिया, सरु न्यौपाने, अधिवक्ता कविता शर्मा, गौरीमान फागो, पुष्पा लिम्बू, राधा सुब्बा, पार्वता विमली, नवीन ढुङ्गाना, सीता वस्नेत, प्रशान्त भण्डारीलगायतले सम्वन्धित विषयमा आ–आफ्नो धारणा राखेका थिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.