www.tandavnews.com
Fact ~ In search of truth

लागू औषधसहित पोखराबाट ३ जना पक्राउ

पोखरा, ताण्डव न्यूज ।
जिल्ला प्रहरी कार्यलय कास्कीले लागू औषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नवलपरासीको बर्दघाट १२ स्थाई घर भएका २६ वर्षिय अमित शर्मा बढै, सोही नगरपालिका वडा नं १३ का २६ वर्षिय गोपी लोनिया र बर्दघाट नगरपालिकाका २२ वर्षिय प्रदिप बनिया रहेका छन् । उनीहरुको साथबाट डाईजापाम २०० एम्पुल, फेनेरागन २०० एम्पुल र नुर्फिन २०० एम्पुल गरी जम्मा छ सय एम्पुल लागू औषध र १ थान मोबाईल बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
पक्राउ पर्नेलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धि मुद्दामा १० दिन म्याद थप गरी थप अनुसन्धान भईरहेको तिवारीले बताए । श्ुाक्रबार साँझ ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय शिसुवा, वडा प्रहरी कार्यालय गगनगौडा र कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा ३० पावरहाउसमा सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको थियो।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.