www.tandavnews.com
Fact ~ In search of truth

उन्नतिका लागि प्राविधिक शिक्षा आवश्यक :मन्त्री विश्वकर्मा

लमजुङ ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको विकास र उन्नतिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् । राइनास नगरपालिका–९ मोहोरियाकोटमा हीरक महोत्सव तथा भैरव माध्यमिक विद्यालयको नवनिर्मित भवनको हिजो(बुधबार) उद्घाटन गर्दै उनले प्राविधिक शिक्षाले आर्थिक समृद्धि हासिल गर्न सजिलो हुने बताए ।

मन्त्री विश्वकर्माले भने, ‘खेलकूदको माध्यमबाट समाज, राष्ट्रलाई नै विश्वमा कीर्तिमान राख्न टेवा पुर्याइरहेको छ । खेलकूदको लागिसमेत पर्याप्त बजेत छुट्याइएको र सबै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रङ्गशाला निर्माण गर्नेतर्फ सरकार अघि बढेको उनले जानकारी दिए ।

Batas

गण्डकी प्रदेशका सांसद मायानाथ अधिकारी, प्रदेश सांसद धनञ्जय दवाडी, प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्कालगायतले सरकारले लिएको मुलुक समृद्ध बनाउनका लागि प्राविधिक शिक्षा हुनुपर्नेमा जोड दिएका थिए।

चीन सरकारको ८३ करोड लगानीमा चार तले सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार विद्यालयमा ३० कक्षाकोठा, २० होस्टेल कोठा, १० शिक्षक स्टाफ कोठा लागत ६८ कोठा रहेको छ । २०१४ सालमा स्थापना भएको यस विद्यालय २०७२ साल वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्याएपछि टहरामा पढ्न बाध्य हुँदै आएका विद्यार्थी यस भवनमा पठनपाठन गर्न पाउँदा खुशी भएका छन् ।

विद्यालयमा करिब तीन विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.