www.tandavnews.com
Fact ~ In search of truth

हस्पिटालीटि कन्टेस्टलाई ‘ताण्डव’ र ‘क्राउन हिमालयज’को साथ

पोखरा
ताण्डव न्यूज ।

चौथो संस्करणको हस्पिटालीटि नेपाल कन्टेस्टले ताण्डव न्यूज र होटल क्राउन हिमालयजसँग सहकार्य गर्ने भएको छ । हस्पिटालीटि क्षेत्रमा आबद्धहरु लक्षीत यस कन्टेस्टको अनलाइन पार्टनरमा ‘ताण्डव न्यूज’ र इन एशोसियसनमा लेकसाइडस्थित होटल क्राउन हिमालयजले सहकार्य गर्ने भएका हुन् ।

होटल क्राउन हिमालयजले पहिलो संस्करणदेखि नै हस्पिटालीटि कन्टेस्नसँग सहकार्य गर्दै आएको छ ।

Batas

‘हिमाअस हस्पिटालीटि नेपाल कन्टेस्ट’मा १८ जना प्रतिस्पर्धी रहेका आयोजक एपी इन्टरटेनमेन्टका निर्देशक अर्जुन पाण्डेले जनाए ।
प्रतिस्पर्धीहरुलाई हस्पिटालिटी क्षेत्रका विज्ञहरुले बन्द प्रशिक्षण दिइरहेका छन् ।

प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन् । यसैगरि कन्टेस्टमा दोस्रो र तेस्रो हुनेले भ्रमण २०२० लक्षित आन्तरिक भ्रमण प्याकेजको साथमा नगद पुरस्कार प्राप्त गर्नेछन् ।

‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्के््टिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरु दिईने आयोजकले बताएको छ ।

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमो मनाइरहेको सन्दर्भमा भ्रमण वर्षलाई टेवा पुग्ने गरि चौथों सिजनलाई ‘स्पेशल इडिसन भिजिट नेपाल २०२०’ को रुपमा आयोजना गरिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.