www.tandavnews.com
Fact ~ In search of truth

रंगको पर्वमा रंगिन नसकेको पोखरा (१९ तस्बिर)

पोखरा
ताण्डव न्यूज ।

आज फागु पूर्णिमा अर्थात् होली । रङ्ग र उमङ्गको चाड पनि हो यो । तर, अघिल्ला वर्षहरुमा जस्तो यसपाली पोखरा रंगिन सकेन ।

विभिन्न देशमा फैलीरहेको कोभिड १९ अर्थात कोरोना भाइरसले नेपालीलाई पनि त्रसित बनाइरहेको छ । छिमेकि मुलुक चिनबाट सुरु भएको भनिएको यस भाइरसका कारण विभिन्न मुलुकहरुले सिटि लक नै गर्नु परेको छ । नेपालमा पनि यसको महामारी फैलन नदिन सतर्कता अपनाउन प्रशासनले विज्ञप्ती नै जारी गरिसकेका छन् ।

Batas

जिल्ला प्रशासन कार्यालय कास्कीले पनि हुलमा, नजान, ठूला सभा समारोह आयोजना नगर्न आदेशसहित विज्ञप्ती नै निकालेको थियो । होलीका लागि तय भएका विशेष कार्यक्रमहरु रद्ध भए । अघिल्ला वर्षहरुमा जस्तो पोखराका चोकहरुा कार्यक्रमहरुले रङ्गिन पाएनन् । तर, आफन्त, साथिभाईको समूह बनाएर होली खेल्ने क्रम भने जारी छ ।

हेरौँ केही तस्बिरहरु :

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.