तनहुँ ।
तनहुँ बन्दीपुर गाउँपालिकामा ट्याक्टर अनियन्त्रित भई पल्टिदाँ दुईको ज्यान गएको छ ।
आज बुधबार बिहान ७ः३० बजेको समयमा बन्दीपुर गाउँपालिका –५ स्थित भित्री सडक बाउन्भञ्याङबाट कोरिका तर्फ जाँदै गरेको ग १ त ४८०८ नं को ट्याक्टर अनियन्त्रित भई पल्टिदाँ दुईको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
मृत्यु हुनेमा ट्याक्टर चालक गोरखा पालुङटार –७ च्याङली का २१ वर्षीय प्रेम कुमाल र सह चालक बन्दीपुर गाउँपालिका–४ नयाँपुलका अन्दाजी २३ वर्षीय राजकुमार परियार रहेको प्रहरीले जनाएको छ ।
कुमालको घटनास्थलमै र घाइते भएका परियारको उपचारको क्रममा ज्यान गएको हो । ट्याक्टर सडकबाट अंन्दाजी १५० मिटर तल खसेको जनाइएको छ ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.