www.tandavnews.com
Fact ~ In search of truth

देवचुलीमा २ जना कोरोना संक्रमित थपिए

नवलपुर । 

नवलपरासी बर्दघाट सूस्ता पूर्व (नवलपुर)को देवचुलीमा फेरि २ जना कोरोना संक्रमित थपिएका छन् । उनिहरु देवचुली न.पा. १५ र ११ वस्ने बर्ष २१ र वर्ष १९ का पुरुष रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

अस्पतालको आधिकारिक फेसबुक पेजमा उल्लेख भए अनुसार उनीहरु गत जेष्ठ १० गते भारतवाट आई देवचुली न.पा. को क्वारेनटाईनमा बसेका ब्यक्ती हुन् । साथै उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मिको निगरानीमा रहेको जानकारी प्राप्त भएको अस्पतालले जनाएको छ ।

Batas

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशब चापागाईंले संक्रमण पुष्टि भएकाहरुलाई मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखेर उपचार गरिने बताए । उनले बुधबार पठाएको स्वाब मध्यबाट एकजना र बिहीवार पठाईएको स्वाब मध्यबाट एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । बुधबार र बिहिवार पठाईएका स्वाब मध्य अझै आधा भन्दा बढिको नतिजा आउन बाँकी छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.