काठमाडौं ।
भारतमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको छ। भारतले सर्वाधिक संक्रमण फैलिएको देशको सूचीमा भारत पाँचौं स्थानमा उक्लिएको छ।
शनिबार मात्रै इटालीलाई उछिन्दै छैटौं स्थानमा उक्लिएको भारतले आइतबार स्पेनमा पनि उछिन्दै पाँचौं स्थानमा पुगेको हो।
सूचीको पहिलो स्थानमा अमेरिका छ। त्यहाँ १९ लाख १९ हजार ४ सय ३० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको ब्राजिलमा ६ लाख ४५ हजार ७ सय ७१, तेस्रो स्थानमा रहेको रुसमा ४ लाख ५८ हजार र चौथो स्थानमा रहेको बेलायतमा २ लाख ८६ हजार २ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार, भारतमा ६ हजार ९ सय ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यस्तै, १ लाख १८ हजार ६ सय ९५ जना संक्रमणमुक्त भएका छन्।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.