www.tandavnews.com
Fact ~ In search of truth

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० जनामा कोरोना

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मंगलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको संक्रमण देखिएको जानकारी दिए ।

Batas

यसअघि आयोगमा १५ जना कर्मचारीमा संक्रमण देखिएको थियो । ती संक्रमण देखिएका अधिकांश अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी छन् ।

यसैगरी गत मंगलबार नै महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीमा गरेको परीक्षणमा भने संक्रमण नदेखिएको पौडेलले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब संकलन गरिएको थियो ।

अख्तियारमा थुनुवा र संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा संक्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

यसैगरी महाशाखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँमा कोभिड–१९ परीक्षणका लागि स्बाव सङ्कलन गरिरहेको छ । मन्त्रालयमा ८२, सर्वोच्च र जिल्ला अदालतमा ३०० जनाको स्वाब संकलन गरिएको महाशाखाका मेडिकल टेक्नोलोजिस्ट पौडेलले जानकारी दिए ।

यसअघि महाशाखाले अग्रपङ्क्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने पाँच हजार कर्मचारीको पिसिआर परीक्षण गरेको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.