www.tandavnews.com
Fact ~ In search of truth

देशभर थपिए १०८१ संक्रमित, ९१८ जना डिस्चार्ज

काठमाडौं ।

आज देशभर १०८१ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार १६७ नमुना परीक्षण गर्दा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । यससँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

Batas

पछिल्लो २४ घण्टामा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ३१२ पुगेको छ ।पछिल्लो २४ घण्टामा ९१८ जना डिस्चार्ज भएका छन् । हालसम्म ३३ हजार ८८२ संक्रमणमुक्त भएका छन् ।

अब नेपालमा १५ हजार २५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय ८० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.