म्याग्दी ।
म्याग्दी कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ कोरोना संक्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना संक्रमणमुक्त जिल्ला बनेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।
एक महिनाअघि पनि म्याग्दी कोराना संक्रमणमुक्त जिल्ला बनेको थियो तर सरुवा भएर आएका एक प्रहरीमा कोरोना संक्रमण देखिएपछि पुनः कोरोना संक्रमणयुक्त जिल्ला भएको थियो । संक्रमित प्रहरीको पिसिआर परीक्षणको नतिजामा बुधबार नेगेटिभ आएपछि म्याग्दी पुनः कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ ।
प्रजिअ अधिकारीका अनुसार आइसोलेसनमा रहेका एक मात्र संक्रमित प्रहरी जवानको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएकाले यो जिल्ला कोरोना संक्रमणमुक्त भएको हो । समुदायस्तरमा संक्रमण फैलिन नदिन म्याग्दीमा उच्च सतकर्ता अपनाइएको छ । रासस
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.