www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस महामन्त्री डा .कोइराला संक्रमण मुक्त

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री डा .शशांक कोइराला कोरोना भाइरसमुक्त भएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत आफू कोभिड–१९ मुक्त भएको जानकारी दिएका छन् । उनको स्बाव परीक्षणका क्रममा आज नेगेटिभ देखिएको हो ।

गत शनिबार चावहिलस्थित ओम अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका महामन्त्री डा .कोइराला चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा रहेका थिए । उनले अझै केही दिन होम आइसोलेसनमा बस्ने र चाँडै नै पार्टीको नियमित काममा फर्कने जानकारी दिएका छन् ।

Batas

कोभिड–१९ को संक्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बसेका उनी ज्वरो र निमोनियाका कारण अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बसेका थिए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.