www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो

पोखरा ।

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ७० हजार नाघेको छ । गएको २४ घण्टामा एक हजार तीन सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ७० हजार ६ सय १४ संक्रमित पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

गएको २४ घण्टामा १२ हजार दुई सय ६२ जनाको पीसीआर परीक्षण गरिएको थियो । गएको २४ घण्टामा एक हजार चार सय ५५ जना निको भएर फर्किएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ५१ हजार आठ सय ६६ जना पुगेको छ ।

Batas

अब नेपालमा १८ हजार दुई सय ८९ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार चार सय ६४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएको छ । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय ५९ पुगेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.