www.tandavnews.com
Fact ~ In search of truth

‘हामी गर्न सक्छौ’द्धारा विशाल पौडेलको उपचारका लागि नगद सहयोग

पोखरा ।

‘हामी गर्न सक्छौँ’ नामक संस्थाले विशाल विशाल पौडेललाई आर्थिक सहयोग गरेको छ ।

विषालु सर्प ( कालो करेत) को टोकाईबाट घाईते भएका कास्कीको मादी गाउँपालिकाका विशालको उपचारको लागि संस्थाले २५ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो ।

Batas

संस्थाले एक कार्यक्रमका बीच विशाल बचाउ अभियानका सह– सयोजक विकास क्षेत्री र अपर मादी जलविद्युत आयोजनाका अधिकृत राजकुमार बराललाई रकम हस्तान्नतरण गरेका थिए ।

सर्पको टोकाईबाट घाईते विशालको ४० दिन सम्म पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भएको थियो । थप उपचार सम्भव नभएपछि विशालको हाल काठमाडौं स्थित शिक्षण अस्पताल उपचार भईरहेको छ ।

सस्थाका अध्यक्ष सोमनाथ अधिकारी सभाअध्यक्षतामा कार्यक्रम भएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष इन्दु शर्मा , कोषाध्यक्ष जिवन आचार्य अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । सस्थाका सचीव नवराज दाहालले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.