www.tandavnews.com
Fact ~ In search of truth

कास्कीकोटमा सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

पोखरा ।

पोखरा महानगरपालिका २४ कास्कीकोटमा सेनेटरी प्याड बनाउने तालिम समपन्न भएको छ । पोखरा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन महिलाहरुलाई सेनेटरी प्याड बनाउन सिकाएको हो ।

नेपाली महिलाहरुमा हुने महिनावारीको समस्यामा उचित हेरचाह नगर्दा पाठेघर तथा यौन सम्बन्धि विभिन्न रोगहरु लाग्न सक्ने जोखिम रहेकाले जेसिजले उक्त कार्यक्रमको आयोजना गरेको हो । तालिममा पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाउन सिकाइएको थियो । पखेटा नेपालको सहकार्य तथा वडाको सहयोगमा जेसिजले उक्त कार्यक्रम समपन्न गरेको हो ।

Batas

महिलाहरुले आफ्नो लागी स्वास्थ्यको ख्याल राख्नुपर्ने र सेनेटरी प्याडको प्रयोगबाट कसरी फाइदा हुन सक्छ भन्नेबारेमा प्रीति मगरले जानकारी दिइएकी थिइन ।

त्यस्तै पखेटा नेपालकी अध्यक्ष तथा प्रशिक्षक विनु श्रेष्ठले बजारमा पाउने प्याडमा केमिकल हुने हुदाँ पाठेघरमा क्यान्सरको जोखिम रहेको बताउँदैँ कपडाको प्याड बढि सुरक्षित रहेको बताइन् ।

सोही क्रममा बोल्दै पोखरा २४ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले वडालाई प्राथमिकतामा राख्दै तालिम ल्याउनी सम्मनीय कार्य रहेको बताए ।

तालिमले वडामै प्याड निर्माण गर्ने हौसला मिलेको बताउदै उनले अब महिलाको लागि प्याड वडामै बनाउने प्रतिबद्धता व्यक्त गरे ।
सोही क्रममा बोल्दै वडा सचिव कुस्मराज सुवेदीले महिनावारीको समयमा टालोको प्रयोग गर्दा ग्रामीण क्षेत्रका महिलाहरुमा पाठेघर सम्बन्धी समस्या हुँदै आएको बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.