www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीको १९ औँ साधारण सभा सम्पन्न

पोखरा ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीको १९ औं साधारण सभा पोखरामा सम्पन्न भएको छ ।

साधारण सभामा कलाकार कल्याणकारी कोषका अध्यक्ष तथा संस्थाका प्रमुख संरक्षक प्राज्ञ प्रजापती पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

Batas

साधारण सभामा बोल्दैँ पराजुलीले कलाकार बाँचे मात्र संस्था बाँच्ने भनाई ब्यक्त गरेका थिए । उनले भने, ‘कोरोना महामारीका बेला देशका थुप्रै लोकदोहोरी कलाकार मर्कामा परेका छन् । यो सबै समस्याको सामाधानमा हामी सबै कलाकार एक भएर लाग्नुपर्छ। कलाकार बाँचे मात्र संस्था बाँच्छ ।’

पराजुलीले प्रतिष्ठान कास्कीले हालसम्म गरेका गतिविधि उल्लेखनीय रहेको बताए । साथै संस्थाको स्तरउन्नतिमा आफ्नो सँधै साथ रहने प्रतिवद्धता जाहेर गरे । कलाकारको हक, हित र संरक्षणका लागि कलाकार कल्याणकारी कोषको स्थापना गरिएको उनले जानकारी दिए।

पराजुलीले राज्यबाटै आपतविपतमा कलाकारको संरक्षण हुुनुपर्ने विषयलाई आफूले उठान गरिरहेको बताउँदै भने, ‘म प्राज्ञ भएपछि दोहोरी कलाकारको हकहितका लागि लडिरहेको छु । कलाकार पनि देशका नागरिक हुन् भन्ने कुरा सत्तामा रहेकालाई अवगत गराइरहेको छु ।’

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सचिव जिवन दाहाल, केन्द्रिय सदस्य सरला पाण्डे, निवर्तमान उपमहासचिव चोलेन्द्र पौडेल, गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङ, प्रतिष्ठान कास्कीका संस्थापक अध्यक्ष तारापती सुवेदी, सल्लाहकार संयोजक सोमनाथ बास्तोला लगायतले आफ्नो भनाई राखेका थिए ।

साधारण सभामा प्रतिष्ठानका सचिव माधव चापागाईले सांगठनिक प्रतिवेदन पेस गरेका थिए भने सह—कोषाध्यक्ष रिता कार्की कुँवरले कोषाध्यक्षको प्रतिवेदन पेस गरेकी थिइन्।

कार्यक्रममा प्रथम उपाध्यक्ष ज्ञानेश्वर सुवेदीले स्वागत मन्त्व्य राखेका थिए । कार्यक्रमको उद्घाटन सत्र सचिव माधव चापागाईले र बन्द सत्र मधु चापागाईले सञ्चालन गरेका थिए ।

प्रतिष्ठानको साधारण सभामा विजयदशमी तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान पनि गरिएको थियो ।२०५८ सालमा स्थापना भएको प्रतिष्ठान कास्कीमा २५ कार्यसमिति सदस्य रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.