www.tandavnews.com
Fact ~ In search of truth

पोखरा :१ केजी १ सय ग्राम गाँजा सहित ३ युवक पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा तीन युवक गाँजा सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा वडा नं ३१ किमवेशीका २६ वर्षीय जिवन भुजेल, पोखरा ३१ लामागाउँका १७ वर्षीय युवक र कास्की रुपा गाउँपालिका वडा नं ७ स्याक्लुङका २६ वर्षीय रुबिन गुरुङ रहेका छन् ।

Batas

उनीहरुलाई लागूऔषध बेचबिखन तथा कारोवार भईरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय हशंपुरको मुकाम शिसुवा डाडाको नाकबाट खटिएको प्रहरी टोलीले हिजो साढे ४ बजे पक्राउ गरेको हो ।

प्रहरीको अनुसार उनीहरुको साथबाट १ किलो १ सय ग्राम गाँजा, २ थान मोबाइल फोन, र ३ हजार ७ सय नगद बरामद भएको छ । पक्राउ परेका माथि लागूऔषध सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.