www.tandavnews.com
Fact ~ In search of truth

होटल संघ र आवास संघले पोउवाको उपाध्यक्ष पदका उम्मेद्धवार पोखरेललाई सघाउने

पोखरा।

पश्चिमाञ्चल होटल संघ र गण्डकी जग्गा तथा आवास विकास संघले पोखरा उद्योग वाािणज्य संघको आसन्न निर्वाचन अन्तर्गत उपाध्यक्ष (वाणिज्य) पदमा अर्जुन पोखरेललाई सघाउने भएका छन् । उनीहरुले आधिकारिक निर्णय गरेर नै पोखरेललाई सघाउने निर्णय गरेका हुन् ।

पोखरेल होटल संघको सदस्य हुन् भने आवास विकास संघको पुर्व अध्यक्ष हुन् । यस्तै युवा उद्यमी मञ्चले समेत पोखरेललाई नै मतदान गर्न मातहतका मतदाताहरुसँग आग्रह गरेको छ ।

Batas

आफ्नो संस्थाका समस्या समाधानका लागि संस्थाकै सदस्यलाई नेतृत्वमा पु¥याउनुपर्ने भन्दै विभिन्न संघ संस्थाले पोखरेललाई निर्वाचित गराउन अपिल गरेको छ । पोखरेल हाल पोखरा उद्योग वाणिज्य संघको महासचिव पदमा कार्यरत छन् ।

२०७१ देखि ०७३ सम्म उनी कार्यसमिति सदस्यमा निर्वाचित भए भने २०७३ देखि ०७५ सम्म उपमहासचिवको रुपमा काम गरे ।
ग्रामिण पर्यटन विकासको लागि उनले अभियानकै रुपमा विभिन्न काम गरेका छन् भने संस्थागत रुपमा उद्योगी व्यवसायीका हक हितका लागि आवाज बुलन्द पार्दै आएका छन् । पोखरेल नारायण कोइराला प्यानलबाट वाणिज्य उपाध्यक्ष पदको उममेदवार बनेका हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.