www.tandavnews.com
Fact ~ In search of truth

‘१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ फरक शैलीमा, उपाधि राशी २ लाख

पोखरा,
ताण्डव न्यूज ।

मोफसलकै प्रतिष्ठित ‘१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ आगामी फरक शैलीमा हुने भएको छ ।

खेलकुद पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्य सहित भुतपूर्व खेलाडी मञ्च नेपालको आयोजना र लक्ष्मी ग्रुप (सफल दुध) को मुख्य प्रायोजनमा आगामी फागुन १९ जनवरी ११० गते अन्तर्राष्ट्रिय म्याराथन आयोजना गरिने पोखरामा आज (सोमबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

Batas

आयोजक संस्थाका अध्यक्ष तेज गुरुङले यस वर्ष ‘कोभिड १९’ का कारण ‘रन फर फन’ नहुने बताउदै विभिन्न मितिमा दौड आयोजना गरिने बताए । उनका अनुसार फागुन १ गते खुल्ला तर्फको म्याराथन र महिलाहरुका लागि हाफ म्याराथन संचालन गरिनेछ । त्यस्तै फागुन २२ गते पुरुष-महिला ह्विल चियर दौड, र पुरुष÷महिला दृष्टिविहिन दौड आयोजना गरिनेछ । त्यस्तै चैत्र १४ गते पुरुष र महिला १० किमी दौड संचालन हुनेछ भने बैशाख ४ गते शनिबार पुरुष महिलाका लागि ५ किमी दौड आयोजना गरिने छ ।

खुल्ला म्याराथनको उपाधि जित्ने धावकले २ लाख रुपैया प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए । गुरुङका अनुसार दोस्रो बन्ने धावकले १ लाख, तेस्रो बन्ने धावकले ७५ हजार र सान्त्वना स्थान हाँसिल गर्ने धावकले २५ हजार हात पार्नेछ भने महिला हाफ म्याराथन तर्फ प्रथम द्वित्तिय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने धावकले क्रमश १ लाख, ७५ हजार, ५० हजार र १५ हजार प्राप्त गर्नेछ ।

त्यस्तै १० किमी पुरुष र महिला दौड तर्फ प्रथम, द्वितिय र तृतीय स्थान हाँसिल गर्ने प्रतियोगिहरुले क्रमश १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । उक्त कार्यक्रम सम्पन्न गर्न करिब ५० लाख ६० हजार लाग्ने आयोजकले जनाएको छ । गत वर्ष सम्पन्न १४ औं संस्करणको उपाधि जापानिज धावक ताकाना शिरोसुकीले जितेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.