www.tandavnews.com
Fact ~ In search of truth

अचानक प्रचण्डलाई भेट्न पुगे डा. भट्टराई, संयुक्त आन्दोलनको तयारी

काठमाडौँ,
ताण्डव न्यूज ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा दुई नेताहरुबीच वार्ता भएको हो । नेकपाको शुक्रबारको विरोध प्रदर्शनपछि प्रचण्ड र भट्टराईबीच उपराष्ट्रपति निवास लैनचौरमा भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Batas

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेका प्रचण्ड र भट्टराई ओलीलाई हटाउने विषयमा एक ठाउँमा आएका हुन् ।

भेट बारे डा. भट्टराईले संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप आफूले प्रचण्डलगायतका नेताहरूलाई भेटेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ’अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ । यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप पूर्वप्रम र दलका नेताहरू शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्डलगायत अन्य नेताहरूसँग भेटघाट गरेको हूँ । गर्दैरहनेछु !’

डा.भट्टराईको यस्तो अभिव्यक्तिपछि प्रधानमन्त्रीको कदम विरुद्ध नेताहरुमा एकठाउँमा उभिने संकेत देखिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.