www.tandavnews.com
Fact ~ In search of truth

सर्वदलीय बैठक शुरु

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएकाे सर्वदलीय बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको हो ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता प्रकाशचन्द्र लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी छन् ।

Batas

बैठकमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) माधवकुमार नेपाल पक्षका नेता भने कोही सहभागी भएका छैनन् ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.