पोखरा,
ताण्डव न्यूज ।
जिल्ला प्रशासन कार्यालय लमजुङले आज मध्यरातबाट निषेधाज्ञा जारी गरेको छ ।
एक साताका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय लजमुजङले जनाएको छ । आगामी जेठ ३ गते राती १२ बजेसम्म निषेधाज्ञा रहने सूचना अधिकारी जगदिश मिश्रले ताण्डव न्यूजलाई जानकारी दिए ।
कोरोना संक्रमण बढेपछि लमजुङमा निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञामा अत्यावश्यक सेवाका सवारीसाधन अन्यलाई निषेध गरिएको छ । आजसम्म देशका ७७ मध्ये ७१ जिल्लामा निषेधाज्ञा जारी गरिसकिएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.