पोखरा,
ताण्डव न्यूज ।
गण्डकी प्रदेशमा आज ९४१ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा प्रदेशका ११ जिल्लामै संक्रमित थपिएका हुन् । थपिएका संक्रमितसँगै गण्डकीमा कोरोनाबाट संक्रमित हुनेको संख्या २५ हजार ४ सय ४७ पुगेको छ ।
आज कास्कीमा २५१ जना संक्रमित थपिएका छन् । हिजोको तुलनामा आज कास्कीमा थपिएका संक्रमितको संख्या केही कम हो । हिजोको तुलनामा आज कास्कीमा थपिएका संक्रमितको संख्या केही कम हो । हिजो कास्कीका मात्रै ३५६ जनामा संक्रमण पुष्टि भएका थियो ।
निर्देशनालयको अनुसार अन्य जिल्ला मुस्ताङका २७,मनाङमा २८,म्याग्दीका ४०,पर्वतमा ३१,गोरखाका ८१,लमजुङका १,तनहुँका ११, बागलुङका २३५,स्याङ्जाका १६८ र नवलपरासीका ६८ जनामा संक्रमण पुष्टि भएको छ ।आज प्रदेशमा २७४ जना निको भए । आज निको भएका सँगै हालसम्म गण्डकीमा १८ हजार ४५९ जना निको भएका छन् ।
हाल प्रदेशमा ६ हजार ६ सय ८६ सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये ६ हजार ४ सय ८६ जना होम आइसोलेसनमा रहको निर्देशनालयले बताएको छ ।
आज गण्डकी प्रदेशमा १६ जनाले ज्यान गुमाएका छन् । प्रदेशमा ज्यान गुमाउनेको संख्या ३०४ पुगेको छ ।गण्डकी प्रदेशमा अहिलेसम्म १ लाख ५८ हजार ७० जनाको पीसीआर परीक्षण भएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.