www.tandavnews.com
Fact ~ In search of truth

भालुपहाड खण्डमा पहिरोपछि आवतजावत अवरुद्ध, अत्यावश्यक सवारी अलपत्र

पोखरा
ताण्डव न्यूज ।

सिद्धार्थ राजमार्ग अन्र्तगत स्याङ्जाको भालुपहाड खण्डमा पहिरो जाँदा आवतजावत अवरुद्ध भएको छ । शनिबार रातिदेखि भैरहेको वर्षाका कारण सडक माथिबाट आएको पहिरोले सडक पुरिँदा सडक वारपार गर्न कठिनाई भएको हो ।

उक्त खण्डमा राजमार्ग फराकिलो बनाउने कार्य चलिरहेको थियो । निर्माणका लागि डोजरले खनेको ठाउँमा पानी पर्दा सडकमा पहिरो गएको स्थानीयले जनाएका छन् ।

Batas

सडकमा खसेको पहिरोका कारण अहिले अत्यावस्यक सामाग्री बोकेका सवारीसाधनहरु गन्तब्यसम्म पुग्न सकिरहेका छैनन् । सडक छिटै सुचारु गराउनका लागि पोखराबाट डोजर तथा एक्साभेटरहरु त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरी नायव उपरिक्षक राजेन्द्र अधिकारीका अनुसार त्यस क्षेत्रमा अहिले स्थानीय र प्रहरीहरुको समूहले पहिरो हटाउने प्रयास भने जारी राखेका छन् । पूर्वान्ह ११ बजेसम्म सडक दुईतर्फी रुपमै खुला हुने प्रहरीले जनाएको छ । उक्त सडक खण्डलाई फराकिलो बनाउन ठाउँठाउँमा डोजर चलाईएकाले पहिरोको जोखिम पनि बढ्दै गएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.