काठमाडौं/ताण्डव न्यूज ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई एमाले विभाजन रोक्न कार्यदलमा रहेर प्रयास गर्दा केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको दावी गरेका छन् ।
बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै नेता रावलले पार्टी मिलाउन आफूले अडानयुक्त पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार गरिएको दुःखेसो व्यक्त गरेका छन् ।
रावलले भनेका छन् ‘मेरोविरुद्ध उक्त प्रकारको कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा नेकपा (एमाले)लाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट मलाई आएका दबाब र धम्कीयुक्त फोनको स्मरण हुन्छ ।’
आफूमाथि दबाब दिनेहरुको पर्दाफास गरिदिने चेतावनी दिँदै नेता रावलले लेखेका छन्, ‘नेकपा (एमाले) कतै विभाजनबाट रोकिने पो भयो कि भनी कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगटाको पर्दा उघारी दिनुपर्छ कि जस्तो पनि लाग्छ ।’
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.