www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः३ संक्रमितको मृत्यु कास्कीका १४६ सहित ३८१ जनामा संक्रमण

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार कोरोनाबाट ३ संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्यांक अनुसार कास्कीका, स्याङ्जा र नवलपरास १/ १ जना गरी ३ संक्रमितले ज्यान गुमाएका हुन् । यो सगैँ प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०१७ पुगेको छ ।

Batas

यस्तै २४ घण्टामा ३८१ जना संक्रमित थपिएका छन् । जसमा कास्कीका १४६,मुस्ताङका ११, मनाङका २, म्याग्दीका ५,पर्वतका ७३,गोरखाका १,लमजुङका ८,तनहुँका २०,बागलुङका ३९, स्याङ्जाका ३५ र नवलपरासीका ४१जना रहेका छन् ।

१८८ महिला र १९३ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ६० हजार ९०० पुगेको छ ।

यस्तै आज ३६६ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ०६२ रहेको छ ।

हाल प्रदेशमा २ हजार ८२१ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ६०९ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.