www.tandavnews.com
Fact ~ In search of truth

पोखराः बिजयपुरबाट ब्राउन सुगरसहित ३ युवक पक्राउ

पोखरा /ताण्डव न्यूज ।

पोखरामा प्रतिवन्धित लागूऔषध ब्राउनसुगर सहित ३ युवक पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका २६ विजयपुर शान्तिमार्गमा शंकास्पद अवस्थामा हिँडिरहेका तीन युुवक ७ ग्राम ५७५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं २६ बिजयपुर बस्ने वर्ष २५ का आगमन राई, जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल जिल्ला बिजयपुर बस्ने वर्ष १९ का सुरज रानाभाट र पोखरा महानगरपालिका वडा नं. ८ नयाँबजार बस्ने वर्ष ४० का मनसुराम सुनार रहेका छन् ।

उनीहरुको साथबाट ७ ग्राम ५७५ मिलिग्राम ब्राउन सुगर सहित २ वटा मोवाईल र नगद १० हजार रुपैयाँ बरामद भएको छ । उनीहरु माथि अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

उनीहरु अस्ति बुधबार साउन २७ गते पक्राउ परेका हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.