www.tandavnews.com
Fact ~ In search of truth

पहिरोमा परेर १ जनाको मृत्यु, राजमार्ग अवरुद्ध

कर्णाली राजमार्गको कालीकोटको शुभकालीका गाउँपालिका–१ कालेखोलामा पहिरामा परी १ जनाको मृत्यु भएको छ । आज बिहान ५ बजे कर्णाली राजमार्गको पहिरामा च्यापिएर शुभकालीका गाउँपालिका–१ की २५ वर्षीया बिमला सुनारको मृत्यु भएको हो ।

राजमार्गमाथिबाट आएको ढुंगले च्यापिएको अवस्थामा भेटिएको सुनारलाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालीकोटतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले जानकारी दिए ।

वर्षात्का कारण सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको २ ठाउँमा पहिरा गएका कारणले सो राजमार्ग अवरुद्ध रहेको कालीकोटका प्रहरी प्रमुख शाहले बताए । ‘बिहान दैलेख र कालीकोटको सीमानामा पर्ने कालेखोला र एसमोडमा पहिरा खसेको छ’, उनले भने, ‘पहिराका कारण यातायातका साधन बीचबाटोमै रोकिएका छन् ।’

Batas

अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरी प्रमुख शाहले जानकारी दिए ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.