www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा कम हुँदै संक्रमणदर, आज १ सय ७० जना पोजेटिभ

ताण्डव

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा गण्डकीका ९ सय ४८ जनामा गरिएको नमुना परीक्षणमा थप १ सय ७० जनामा मात्रै पोजेटिभ रिपार्ट देखिएको छ ।

आज प्रदेशभरीमा जम्मा ६ वटा जिल्लामा कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य निर्देशनालयअनुसार आज नवलपुर ३९, स्याङ्जा १५, कास्की ७३, तनहुँ ६, गोरखा ३० र म्याग्दी ७ जना सक्रिय संक्रिमत रहेका छन् । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका ३ सय ३ जना निको भएर घर फर्किएका छन् भने २ हजार ९ सय ११ जना होम आइसोलेसनमा रहेका छन् । दैनिकजसो संक्रमण र मृत्युदर कम हुँदै आए पनि चाडबाड नजिकिँदै गर्दा हुने भिडभाडले फेरि संक्रमणदर उकालो नलाग्न भन्न सकिँदैन ।

Batas

आजमात्रै ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा गल्याङकी ४७ वर्षीय महिला, स्याङ्जा वालिङकी ५८ वर्षीय महिला र कास्कीका ७७ वर्षीय पुरुष रहेको निर्देशनालयको विज्ञप्तीमा उल्लेख गरिएको छ । हालसम्म कास्कीमा संक्रमितको संख्या ३२ हजार ६ सय ४६ पुष्टि भएको छ । यस्तै निको भए र घर फर्किने ३० हजार ६ सय १२ जना रहेको छ । सक्रिय केस १४ सय ७५ रहेका छन् भने मृत्यु हुनेको संख्या ५ सय ५९ रहेको छ ।

पछिल्लो २४ घन्टामा देशभरका गरेर २ हजार २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार २ सय ३३ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । बितेको २४ घन्टामा १ हजार ८ सय ८ जना संक्रमण मुक्त भएका छन् ।

आज कोरोना संक्रमणबाट १६ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३५ हजार ८ सय ७४ पुगेको छ । होम आइसोलेसनमा ३३ हजार ३ सय ३३, आइसियुमा ५ सय ६८ र भेन्टिलेटरमा १ सय ६० जना रहेका छन् ।

नेपालमा हालसम्म ७ लाख ६१ हजार १ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७ लाख १४ हजार ५ सय २० जना निको भइसकेका छन् । पछिल्लो ३ दिनमा ५ लाख ९७ हजार ५ सय ९८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.