www.tandavnews.com
Fact ~ In search of truth

एमसिसीको टोली भेटघाटमा, आज प्रधानमन्त्री र प्रचण्डसँग छलफल गर्ने

ताण्डव

अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन ‘एमसिसी’ को टोलीले काठमाडौँ आएसँगै उच्चस्तरीय भेटघाट सुरु गरेको छ । एमसिसीका उपाध्यक्ष फातिमा सुमारलगायत टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने भएको छ ।

हिजो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसिसी टोलीले भेट गरेको थियो । एमसिसीको कार्यान्वयनको अवस्थाका बारेमा टोलीले राखेको जिज्ञासामा नेकपा एमालेका अध्यक्ष ओलीले भने सरकारले निर्णय गरेपछि मात्रै आफ्नो पार्टीले धारणा बनाउने जवाफ दिइसकेका छन् ।

Batas

माओवादी केन्द्र, नेकपा एमाले लगायतका दलहरूभित्र पनि एमसिसीको विरोध र समर्थन हुँदै आएको छ । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले संशोधन नगरी एमसिसी पारित गर्न नहुने बताएका छन् । एमसिसीको विरोध गरेकै कारण सरकारबाट बाहिरिनुपरेमा पनि आफूहरूलाई कुनै समस्या नहुने उनको भनाइ छ । केही विज्ञहरूले पनि एमसिसी परियोजना संशोधन नगरी नेपालमा लागु गर्न नहुने बताउँदै आएका छन् ।

पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्यले सरकारले विज्ञहरुसँग छलफल नगरी एमसिसीसँग जवाफ माग्नु गलत भएको जानकारी दिए । एमसिसीका उपाध्यक्ष फातिमा सुमार हिजो काठमाडौँ आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत काठमाडौँका विभिन्न स्थानमा भएको विरोध प्रदर्शनक्रममा ३५ जनाभन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.