ताण्डव न्युज
नेपाल मार्सल आर्टस हप्किडो संघ गण्डकी प्रदेश समितिको प्रथम ऐतिहासिक अधिवेशनले अध्यक्षमा मानबहादुर घर्ती मगर ‘एमबी आस्था’ लाई सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा तारामाया थापा मगर र खेमबहादुर गुरुङ, सचिवमा प्रेमबुढा मगर, सह सचिवमा अर्जुन गाहा मगर र कोषाध्यक्षमा मदन कुमार जिसी सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा कृष्णप्रसाद कोईराला, बिना कुमारी पुन, चन्द्र कुमारी पराजुली, सबि शेरचन, श्यामबहादुर श्रेष्ठ, नरेन्द्र कुमार कार्की , किमी छ्योटेन गुरुङ, गिता राना र रामु दराई रहेका छन् । समितिको पहिलो बैठकले ४ जना सल्लहकारसमेत चयन गरेको छ । समितिको सल्लहकारमा ईन्द्र धारा विष्ट, कृष्ण कुमारी श्रेष्ठ, श्रीमान गुरुङ र डाक्टर कृष्णप्रसाद पौडेल रहेका छन् । यसैगरी संस्थाको कानुनी सल्लाहकारमा अधिवक्ता मनोज घर्ती मगरलाई चयन गरेको छ ।
अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमि, व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बुढा मगरले खेलाडी र युवालाई स्वरोजगार बनाउनका लागि एकीकृत योजना बनाएर अगाडि बढ्ने बताए । त्यसै गरी हाप्किडो खेलले विश्वसामु देशको गौरव बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै रसियामा हुने विश्व हाप्किडो प्रतियोगितामा सहभागी हुनका लागि पोखरामा प्रशिक्षण लिईरहेका नेपाली खेलाडीहरुलाई पदक जितेर आउनका लागि शुभकामना समेत दिए । साथै बुढा मगरले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हाप्किडो खेललाई सहभागी गराउन प्रयत्न गर्ने बताए ।
त्यसैगरी गण्डकी प्रदेश खेलकुद परिषद्कासदस्य सचिव तेजबहादुर गुरुङले खेलकुद क्षेत्रमा बजेट कम भएकै कारण खेलको विकास हुन नसकेको बताउँदै हाल १ प्रतिशतमा कायम रहेको खेलकुदको बजेटलाई ५ प्रतिशत पर्¥याउन सके निकै महत्वपूर्ण काम हुने बताए ।
समितिका अध्यक्ष एमबी आस्थाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय अध्यक्ष तथा दक्षिण एशियाली हप्किडो महासंघका अध्यक्ष कालिबहादुर घर्ती मगर, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बाँनिया, उपाध्यक्ष तारामाया थापा मगर लगायतले बोलेका थिए ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.