www.tandavnews.com
Fact ~ In search of truth

लामाचौरबाट १८ जुवाडे पक्राउ

पोखरा/ताण्डव न्यूज

पोखराको लामाचौरस्थित दुई ठाउँबाट तास खेलीरहेका १८ जना जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्की प्रहरीले सोमबार दिएको जानकारी अनुसार पोखरा १९ लामाचौर स्थित गैरीखोर बस्ने बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा आईतबार साँझ उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा लामाचौर बस्ने अन्नपूर्ण गाउँपालिका घर भएका ६२ वर्षीय याम गुरुङ लगायत ९ जना रहेको कास्की प्रहरीले जनाएको छ । जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

Batas

त्यसैगरी पोखरा महानगरपालिका–१९ लामाचौर बस्ने हरिमायाँ पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने माछापुच्छ्रे गाउँपालिका घर भएका २७ वर्षीय राजु पुन लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । चाडबाड नजिकिँदै जाँदा जुवातास नियन्त्रणमा कास्की प्रहरी सक्रियतापूर्वक लागेको हमालले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.