www.tandavnews.com
Fact ~ In search of truth

चाडबाडहरु अर्को वर्ष पनि आउँछन्, स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउँः मेयर जिसी

कार्यवहाक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई

पोखरा, ताण्डव न्यूज

गत साउन १ गते बिरामी रहेका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी सोमबार कार्यालय उपस्थित भएका छन् । मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौं गएका प्रमुख जिसी शनिबार पोखरा आएको हो । सोमबार कार्यालय पुगेर प्रमुख जिसीले नेपालीहरुको महान पर्व दसैंलगायत अन्य चाडबाडहरुको अवसरमा नगरबासी तथा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरे ।

उनले कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्यप्रति सचेत भएर चाडबाड मनाउन आग्रह गरेका छन् । ‘चाडबाडहरु अर्को वर्ष पनि आउँछन्,’ जिसीले भने, ‘स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन आग्रह गर्दछु ।’ उनले स्वास्थ्यमा कुनै समस्या भएमा महानगरका स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा स्वास्थ्य जाँच गराउनसमेत आग्रह गरेका छन् ।

Batas

जिसीले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैमा आभार व्यक्त गरेको छ । उपचारमा संलग्न चिकित्सकलगायत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा धन्यवाद दिए । करिब १ घण्टा कार्यालयमा रहेका जिसीले महानगरले गर्ने काम, सेवा प्रवाहलाई गुनासो नआउने गरी गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई अनुरोध गरेका थिए । आफू पनि पूर्णरुपमा निको भएर छिट्टै काममा फर्किने विश्वास जिसीले त्यस अवसरमा व्यक्त गरे ।

कार्यवहाक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई

महानगर प्रमुख जिसीले उपप्रमुख मञ्जुदेवी गुरुङलाई कार्यवहाक प्रमुखको जिम्मेवारी दिएका छन् । जिसीले कार्यालय नआउँदासम्म कार्यवहाक प्रमुख भई दैनिक कार्य सञ्चालन गर्ने गरी लिखित रुपमा कार्यवहाक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई दिएको हो ।

महानगर प्रमुख जिसी कार्यालयमा पुग्दा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, सचेतकद्वय शोभामोहन पौडेल, रामराज लामिछाने, प्रवक्ता धनबहादुर नेपाली, वडाअध्यक्षहरु तथा विभिन्न महाशाखा प्रमुख तथा कर्मचारीहरुले पुष्ष्पगुच्छासहित स्वागत गरेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.