www.tandavnews.com
Fact ~ In search of truth

आगामी आर्थिक वर्षमा नेपालको ग्राहस्थ उत्पादन २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

काठमाडौं ।

विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो ।

दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले आज जारी गरेको अद्र्धवार्षिक क्षेत्रीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२१/२२ मा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन ३।६ प्रतिशतले, भारतको १० प्रतिशतले र पाकिस्तानको आर्थिक वृद्धि १.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । ‘आगामी वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिमा सुधार हुने सम्भावना छ र यस क्षेत्रको अर्थतन्त्र पुनरुत्थानको मार्गमा आउनेछ’, प्रतिवेदनमा भनिएको छ ।

Batas

कोभिड–१९ का कारण धेरै व्यवसाय प्रभावित भएका, राजश्व संकलनमा कमी आएको तथा लाखौँ बेरोजगार भएका जनाउँदै प्रतिवेदनमा रोजगारीका अवसर अझै प्रभावित हुने, आम्दानी घट्ने र असमानता बढ्दै जाने प्रतिवेदनमा उल्लेख छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.