काठमाडौँ
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले ओरालो लागेको छ । आइतबार उच्च अंकले बढेको नेप्से परिसूचक आज भने १७.७५ अंकले घटेर २ हजार ८१९.८६ मा ओर्लिएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८८ अंकले घटेर ५२८.५८ मा ओर्लेको हो ।
कूल २२६ कम्पनीको १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता शेयर रु ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७७८ मूल्यमा खरिदबिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज ३ उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४.६९, होटल तथा पर्यटन ७.७९ र लगानी ०.३५ अंकले उकालो लागेको छ । यस्तै, व्यापार ४२.८४, विकास बैंक ४२.४९, जलविद्यसत् ७४.१९, वित्त ४३.८५, निर्जीवन बीमा ५४.५९, उत्पादन १२०.५६, अन्य २६.४२, लघुवित्त ९१.३२, जीवन बीमा ११५.७५ र सामूहकि लगानी कोष ०.१२ अंकले घटेको छ ।
कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३६ करोड ५८ लाख ७१ हजार २५९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै आरएमडिसी लघुवित्त रु ३६ करोड ५६ लाख ५८ हजार ६०७, नबिल बैंक रु ३४ करोड ९९ हजार ४८०, कामना सेवा विकास बैंक रु २५ करोड १४ लाख ४४ हजार ९२२ र अरुण भ्याली हाइड्रोपावर कम्पनीको रु २१ करोड ३० लाख २४ हजार ३९८ बराबरको कारोबार भई शीर्ष ५ मा पर्न सफल भए ।
नेप्सेका अनुसार मानुसी लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सकारात्मक सर्किट लाग्यो । साहस ऊर्जा ९.९८, पाँचथर पावर कम्पनी ९.९८, हिमालयन जनरल इन्स्योरेन्स ८.०८ र सिभिल बैंकका लगानीकर्ताले ६.०२ प्रतिशतले कमाए । यस्तै, कामना सेवा विकास बैंक ६.७२, हिमालयन पावर पार्टनर ५.५३, ग्रीनलाइफ हाइड्रोपावर ५.४६, रिडी हाइड्रोपावर ५.२५ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ५.०६ प्रतिशतले गुमाए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ६५ अर्ब ३२ करोड ४७ लाख ४ हजार ७१४ बराबर पुगेको छ ।
रासस
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.