पोखरा, ताण्डव न्यूज
प्रदेश स्वास्थ्य निर्देशनालयकानुसार पछिल्लो २४ घण्टामा गण्डकीका २२३ जनामा गरिएको नमुना परीक्षणमा १८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज गण्डकीका ६ जिल्लामा संक्रमण पुष्टि भएको छ । कास्की ८, तनहुँ ३, लमजुङ ३, नवलपुर पूर्व ३, स्याङ्जा १ र मुस्ताङ १ जना संक्रमित छन्। पछिल्लो २४ घण्टामा गण्डकीबाट २७ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार ५५ पुगेको छ। अहिले प्रदेशभर २८१ सक्रिय संक्रमित छन् । साथै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ७४३ पुगेको छ ।
बिहीबार गण्डकीमा कोभिडका कारण २ जनाको मृत्यु पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १,४०७ पुगेको निर्देशनालयले जनाएको छ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.