www.tandavnews.com
Fact ~ In search of truth

जिउँदो ‘सुन कछुवा’ सहित ४ जना पक्राउ

काठमाडौं, ताण्डव न्यूज

काठमाण्डौ महानगरपालिका वडा नं १३ सोल्टिदोबाटो स्थितमा केही व्यक्तिहरु अवैध रुपमा पहेलो सुन कछुवा बिक्रि वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले ४ जनालाई शनिबार पक्राउ गरेको छ ।

बृत कालिमाटीबाट प्रहरी निरीक्षिक शिशिर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुबाट १ थान जिउँदो कछुवा ‘पहेलो सुन कछुवा’ सहित ४ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Batas

पक्राउ पर्नेमा काठमाण्डौ जिल्ला बालाजु बस्ने अं वर्ष ४४ को सञ्जय तामाङ, निजको साथबाट रु ३,७०० र हवाई मोबाईल १ थान, तनहुँ सुधेकुना नगरपालिका वडा नं १० घर भई हाल माछापोखरी बस्ने अं वर्ष २२ का प्रकाश खाती, निजको साथबाट रु १,६४५ र आई फोन सिक्स १ थान, दोलखा गौरीशंकर गाउपालिका वडा नं ८ घर भई हाल बुढानिलकण्ठ बस्ने अं वर्ष ३३ को राज कुमार तामाङ, निजको साथबाट रु ३१,२६० र स्यामसुङ किप्याड मोबाईल १ थान र तनहुँ भानु नगरपालिका ३ घर भई हाल रानीबारी बस्ने अं वर्ष ४२ को हरि परियार, निजको साथबाट रु ५० र लाभा फोन १ थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.