काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
पछिल्लो २४ घण्टामा २४३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ७ हजार २३१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २६४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज एक जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ ।
यसैगरी देशभर हालसम्म छ हजार ९४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.