पोखरा, ताण्डव न्यूज
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १५४ जनामा गरिएको नमुना परीक्षणमा २२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
निर्देशनालयका अनुसार आज गण्डकीका ५ जिल्लामा संक्रमण भेटिएको हो । आज कास्कीका १०, स्याङ्जा ४, बागलुङ ५, तनहुँ २ र म्याग्दी १ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८८ हजार २८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ५७ जना कोरोनामुक्त भएका छन् । त्यस्तै १२१ जना होम आइसोलेसनमा छन् । यसैगरी गण्डकी प्रदेशभर १५९ जना सक्रिय संक्रमित रहेका छन् ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.