www.tandavnews.com
Fact ~ In search of truth

ली चान्शुसहतिको चिनियाँ प्रतिनिधिमण्डलद्वारा भक्तपुरस्थित दरबार क्षेत्र अवलोकन

भक्तपुर ।
जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुसहतिको चिनियाँ प्रतिनिधिमण्डलले  भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गरेको छ ।

चिनियाँ सरकारको सहयोगमा भइरहेको पुर्ननिर्माण सम्पदा अवलोकनका लागि भक्तपुर पुग्नुभएका ली चान्शु सहितका टोलीलाई भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतीसहित उच्चपदस्थ कर्मचारीहरूले स्वागत गरेका छन् ।

भ्रमणका क्रममा पुगेका लीसहितको टोलीलाई नगरपालिकाले सांस्कृतिक झाँकीसहित स्वागत गरेको थियो ।

Batas

उक्तक्रममा अध्यक्ष चान्शुलाई नगरपालिकाका कर्मचारीहरूले सम्पदा पुनर्निर्माणमा भइरहेको प्रगतिको विषयमा जानकारी दिए।

नेपालको चार दिने भ्रमणमा रहनु भएका लीले आज दिउसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्ने कार्यक्रम छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.