www.tandavnews.com
Fact ~ In search of truth

पोखरा मालेपाटनमा खुल्यो स्माइल मार्ट

पोखरा, ताण्डव न्यूज

पोखरा–५ मालेपाटन गणतन्त्र चोकमा स्माइल मार्ट सञ्चालनमा आएको छ । मार्टको शनिबार औपाचारीक उद्घाटन भएको थियो ।

मार्टमा दैनिक उपभोग्य सामान सुपथ मूल्यमा उपलब्ध हुने संचालक कृष्णप्रसाद भट्टराईले जानकारी दिए । दैनिक उपभोग्य खाद्य सामग्री, कस्मेटीक, पेयपदार्थ, किचन वेयरलगायत इलेक्ट्रोनिक्स सामान मार्टमा पाइने भट्टराईले बताए ।

Batas

उद्घाटनदेखी पुस १७ गतेसम्म हरेक सामान खरिद गर्दा ५ देखी २५ प्रतिशतसम्म छुट रहेको भट्टराईले जानकारी दिए । तीन हजार भन्दा माथिको खरिदमा निशुल्क होमडेलीभरीको सुविधा रहेको उनले जनाए । मार्टमा अनलाईन तथा फोनको माध्यमबाट बुकिङ गर्न सकिने छ । ‘मार्टमा गएर खरिद गर्न चाहने ग्राहकका लागि निशुल्क सुविधायुक्त पार्किङको व्यवस्था रहेको छ । ४ करोडको लागतमा खुलेको मार्टले त्यस क्षेत्रका उपभोक्ताले एकै ठाउँबाट आफुलाई चाहिने सामानको खरिद सुविधा लिन सक्ने छन्’ उनले भने ।

पोखरा बाग्लुङ हाईवेमा पर्ने यस मार्ट प्रस्याङ, मालेपाटन, बिन्दावासीनी, जिरो किमि, धारापानीलगायतका ठाउँहरुमा जनतालाई लक्षित गरिएकाे भट्टराईले सुनाए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.