अञ्जना रेग्मी/हीरा बरुवाल
पोखरा, ताण्डव न्यूज
रेष्टुरेण्ट तथा बार एसोसियसन (रेवान) ले आयोजना गर्नेे २३ औं संस्करणको पोखरा सडक महोत्सवमा आतिशबाजी नहुने भएको छ ।
रेवानद्धारा आज आयोजित पत्रकार सम्मेलनमार्फत आतिशबाजी नगर्ने जानकारी दिएको हो । महोत्सव संयोजक नरेश भट्टराईले आतिशबाजी कानुन विपरित रहेकाले अंग्रेजी नयाँ वर्ष २०२२ को स्वागतार्थमा सो कार्य नगर्ने बताए । भट्टराईले विगतमा आतिशबाजी गरिएको बताउँदै केही वर्षयता सो कार्य बन्द गरिएको जानकारी दिए ।
उनले भने, ‘विगतमा पनि हामीले गर्दै आएका हौं, यसपटक पनि आतिशबाजीका लागि सम्बन्धित निकायसँग समन्वय गरेका थियौं तर कानुन बर्खिलाप भएकाले नगर्ने निर्णय गरेका छौं ।’ उनले महोत्सवको सम्पूर्ण तयारी पूरा भईसकेको बताए ।
१५ देखि १७ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा विभिन्न समुदायको संस्कृति झल्किने बाजागाजा तथा झाँकीसहित हल्लनचोकबाट मध्यान्ह १२ बजे र्याली शुभारम्भ गरिने संयोजक भट्टराईले बताए ।
महोत्सवको १६ गते साँझ ‘न्यू इएर इभ’ र्यापर समिर घिसिङ ‘भिटेन’ र विपुल क्षेत्रीको बजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
प्रशिक्षार्थी पत्रकार
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.