पोखरा
ताण्डव न्यूज ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रकाशित समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ । एक विज्ञप्ती मार्फत यहि माघ १४ गते ताण्डव न्यूज डट कममा प्रकाशित ‘संस्थालाई बेवारिस पार्दै जाल्पाकी सीईओ योगी’ शिर्षकको समाचारबारे ध्यानाकर्षण भएको जनाएको हो ।
संस्थाले विज्ञप्तिमार्फत सिइओ बिमला योगीको नेतृत्वमा मिति २०७८/०३/३१ गते नेपाल राष्ट्र बैंकको स्वीकृतिमा अवल, सक्षम र विश्वसनिय राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा रुपान्तरण भएको जनाउँदै कोभिड कहरमा पनि संस्थाले उपलब्धीहरु हासील गरेको जनाएको छ ।
प्रकाशित समाचारबारे ध्यानाकर्षण भएको उल्लेख गर्दै संस्थाले विज्ञप्तिमार्फत भनेको छ ‘महिला सशक्तिकरण, सामाजिक न्याय, लोकतन्त्र र मानव अधिकारको पक्षमा अडिग रहदै न्यून आयस्तर भएका हजारौं नेपालीहरुलाई स्वावलम्बी बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेकी श्रीमती योगीको व्यक्तित्व माथि नै नकरात्मक असर पर्ने गरी प्रकाशित उक्त समाचारमा उल्लेखित विवरण असत्य र आधारहीन भएको जानकारी गराउदछौ ।’
प्रकाशित समाचार
© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.