बागलुङ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङका प्रभावशाली नेता इन्द्र थापा नेकपा (एमाले)मै सक्रिय हुने घोषणा गरेका छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता हुनुपुर्व नेकपा (एमाले)को जिल्ला सदस्य तथा एकतापछिको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जैमिनी नगरकमिटिका अध्यक्ष समेत रहेका थापा पार्टी विभाजनपनि नेकपा (एस)मा सक्रिय थिए ।
थापाले बिहीबार एक अपिल प्रकाशित गर्दै नेपालको स्वाधिनता रक्षाका लागि अग्रसर राष्ट्रवादी पार्टी नेकपा (एमाले) रहेकाले एमाले भन्दा बाहिर रहनु देश र जनताका लागि धोका दिनु सरह रहेकाले सबैलाई एमालेमा समाहित हुन आग्रह समेत गरेकाछन्।अदालतको फैसला र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनपछि प्राविधिक कारणवश आफू नेकपा (एमाले) भन्दा बाहिर रहनुपर्ने अवस्था आएकाले आफूजस्तै एमाले भन्दा बाहिर रहनेहरुलाई एमालेमै फर्केर राष्ट्रिय स्वाधिनता रक्षाका लागि अग्रसर हुन आग्रह गरे ।
नेकपा (एकीकृत समाजवादी)का प्रभावशाली नेता रहनुभएका थापा एमालेमै निरन्तरता दिने घोषणासँगै एकीकृत समाजवादीलाई धक्का पुगेको छ ।
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.