पोखरा ।
अटेरी अभियानको कार्ययोजनापत्र बिक्रीबाट ९६ हजार ७ सय ७० रुपैयाँ रकम उठेको छ । अभियानले सुरुआतदेखि नै चुनावी कार्ययोजनापत्र (घोषणापत्र) को बिक्रीबाट चुनावी खर्च जुटाउने गर्ने बताउँदै आएको थियो ।
अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार कार्ययोजनापत्र बिक्री गरेर ९६ हजार ७ सय ७० रुपैयाँ उठेको जानकारी दिए । ‘चुनाव भनेको पैसै खन्याएर जित्ने हो भन्ने जुन परिपाटी बनेको छ । त्यसलाई भत्काउन, चुनावी खर्च मितव्ययी बनाउँदै । अहिलेसम्म चल्दै आएको चुनावी अभ्यास भत्काउन पनि हामीले चुनावी घोषणापत्र बिक्री गरेर चुनाव लड्ने निर्णय लिएका हौँ,’ उनले भने, ‘हाम्रो लक्ष्य मन पराएर चुनावी घोषणापत्र बिक्री गरेरै यत्रो रकम उठाउन सकेका छौँ ।’
अटेरीले पोखरा लक्ष्य कार्ययोजनापत्र २०७९ सार्वजनिक गरेपछि वडा वडामा पनि वडालक्ष्य सार्वजनिक गरि रहेको छ । स्थानीय तहलाई दलीय नबनाऔं भन्ने मुख्य उद्घोष सहित सुरु भएको यो अभियान अहिले देशव्यापी बनेको छ ।
हालसम्म देशभर ४२ सय ८७ जनाले उम्मेद्वारी घोषणा गरि सकेका छन् । पोखरामा मेयरसहित १८ जनाले अटेरी उम्मेद्वारी घोषणा गरि सकेका छन् । अटेरीले पोखराका वडा नम्बर ३, १४, २६ का वडालक्ष्य सार्वजनिक गरि सकेको छ ।
कार्ययोजनापत्रको मुल्य एक प्रति २५ रुपैयाँ तोकिएको छ ।
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.