www.tandavnews.com
Fact ~ In search of truth

आँधीखोलामा एमाले निर्वाचित

वालिङ।

स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका विश्वनाथ पौडेलले नेपाली कांग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

पौडेलले पाँच हजार १७७ मत प्राप्त गरे, भने उनका प्रतिस्पर्धी कांग्रेसका पौडेलले चार हजार ३५१ मत प्राप्त गरे। यस्तै उपाध्यक्षमा एमालेको सीता थापा निर्वाचित भएकी छन् । उनले पाँच हजार २७३ मतले विजयीभए, भने प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का रामप्रसाद पौडेलले तीन हजार ८१७ मत प्राप्त गरे।

६ वडा रहेको गाउँपालिकाको १, २, ४ र ५ मा एमालेका उम्मेदवार विजयी भएका छन् । ३ र ६ वडामा कांग्रेसका अध्यक्ष निर्वाचित भएका छन् । १६ हजार २५० मतदाता रहेको आँधीखोलामा १० हजार ८२५ ले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा आँधीखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा एमाले विजयी भएको थियो ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.