पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको छ ।
मौसम खुल्दासाथ खोजीकार्यका लागि पुनःहेलिकप्टर परिचालन गरिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । “खोजीका लागि पठाइएको हेलिकप्टर खराब मौसमका कारण फर्किएको छ, काठमाडौँदेखि नेपाली सेनाको हेलिकप्टर पनि आउँदैछ, खोजीका लागि सबै उपायसहित तयारी अवस्थामा छौँ”, उनले भने।
अहिलेसम्म पनि जहाज सम्पर्कविहीन अवस्थामै रहेको , टुकुचे र धवलागिरि क्षेत्र आसपासबाट विमान सम्पर्कविहीन भएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ । उक्त विमान पोखराबाट आज बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको थियो । पच्चीस मिनेटको यात्रापछि अवतरण हुनुपर्ने जहाज अझै सम्पर्कका आउन सकेको छैन । जहाजमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ ।
रासस
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.