www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रेको टुसेमा तीज मेला हुँदै

रमेश गाैतम
पोखरा।

कास्कीको माछापुच्छ्रे गाँउपालिका– १ टुसेमा तीज मेला हुने भएको छ । माछापुच्छ्रे गुराँसे भूमे युवा क्लवको आयोजनामा ‘हरेक वर्ष तीजको बेला, जाउँ है ऐतिहासिक माछापुच्छ्रे तीज मेला’ नारा सहित २७औँ ऐतिहासिक माछापुच्छ्रे तीज मेला हुन भएको हो ।

माछापुच्छ्रे गुराँसे भूमे युवा क्लवद्धारा आयोजित मेलामा गाँउ स्तरिय सेमी ओपन पुरुष भलिबल, क्लव स्तरिय महिला भलिबल, महिला रस्साकस्सी, महिला घैँटो फुटाई, बालबालिका तोतो आलु, छ्याटु प्रस्तुत र विविध साँस्कृतिक कार्यक्रम हुने छ ।

कार्यक्रममा सहभागि हुन चाहाने प्रतियोगिहरुले पुरुषका लागि भदौ १३ गते दिनको १२ बजे सम्म टिम दर्ता गराउनु पर्ने छ भने महिला प्रतियोगिहरुले १५ गते दिनको १२ बजे सम्म टिम दर्ताका गराउनु पर्नेछ ।

Batas

सेमी ओपन पुरुष भलिबलका विजेताले रु ७० हजार र द्धितियले रु ४० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
महिला भलिबल तर्फ प्रथम हुने टिमले नगद रु २५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न छन् भने द्धितिय हुने टिमले नगद रु १५ हजारको साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

पुरुष भलिबलकालागि दर्ता शुल्क रु छ हजार र महिला तर्फ दुई हजार तोकिएको छ ।
कार्यक्रम भदौँ १४ देखि १७ गते सम्म माछापुच्छ्रे गाउँपालिका – १ टुसेमा सञ्चालन हुने छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.