www.tandavnews.com
Fact ~ In search of truth

निर्देशक प्रदीप श्रेष्ठ भन्छन्, ‘ब्ल्याक प्रेममय फिल्म हो’

पोखरा,
ताण्डव न्यूज ।

निर्देशक प्रदीप श्रेष्ठले ‘ब्ल्याक’ प्रेममय फिल्म रहेको बताएका छन् ।

प्रदर्शनको मिति नजिकिँदै गर्दा प्रचारको लागि पोखरा आएका श्रेष्ठले पोखरेली पत्रकार माझ फिल्मले प्रेमभित्र लुकेको कालो पर्दामा ल्याउन खोजको बताए । भदौ १ गतेदेखि देशभरका सिनेमा हलमा प्रर्दशना आउन लागेको फिल्मले प्रेमलाई नै चित्रण गरेको उनको भनाई थियो ।

Batas

फिल्मको नायिका आँचल शर्माले कालो अर्थात डार्क जिन्दगीलाई मायाले कसरी सेतो वा उज्यालो बनाउन सकिन्छ भन्ने सन्देश फिल्ममा देखाउने खोजेको बताइन् । नायक आकाश श्रेष्ठले फिल्म राम्रो र सन्देशमूलक भएकोले सबैले रुचाउने अपेक्षा प्रकट गरे ।

२ घण्टा १० मिनेट लामो फिल्ममा पोखरादेखि मुस्ताङ, अपरमुस्ताङ, सिन्दुलीगढी र काठमाडौंका रमणीय दृश्य देख्न सकिन्छ । फिल्ममा साढे २ करोड लगानी लागेको जनाइएको छ ।

फिल्मलाई आस्मा पाण्डेले निर्माण गरेकी हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.